राष्ट्रपति पौडेलले शुक्रवार सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने


राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्नुहुने भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनसमक्ष पढेर सुनाउँदै यसबारेमा जानकारी गराउनुभएको हो । सभामुख घिमिरेका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०८२ साल वैशाख १९ गते शुक्रवारका दिन ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ ।

राष्ट्रपतिको सम्बोधनको कार्यक्रम भएकाले प्रतिनिधिसभाका सम्पूर्ण सदस्यहरूलाई त्यस दिनको पौने ३ बजे नै आसन ग्रहण गरिसक्न सभामुखले आग्रह गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *