नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाद्वारा शपथ ग्रहण


नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले शपथ लिनुभएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा आज आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रधानमन्त्री ओलीको सिफारिशमा यही वैशाख १७ गते गर्बुजालाई राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

नेपाली कांग्रेसका नेता गर्बुजा म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो । यसअघि ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ अर्थात् कान्छारामलाई प्रधानमन्त्री ओलीले बर्खास्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *