२ वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो


प्रतिनिधिसभाले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१’ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘ती विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी राख्नुभएको प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *