प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ


प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौला र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

सर्वोच्च अदालतमा आज एक कार्यक्रमका बीच प्रधानन्यायाधीश राउतले दुवै आयोगका अध्यक्षहरूलाई शपथ गराउनुभएको हो । कार्यक्रममै दुवै आयोगका अध्यक्षहरूले आ–आफ्ना आयोगका सदस्यलाई पनि शपथ गराउनुभयो ।

सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा थापा तथा सदस्यमा अच्युतप्रसाद भण्डारी, डा. टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्य ओझा रहनुभएको छ । त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा गड्तौला तथा सदस्यमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली रहनुभएको छ ।

मन्त्रिपरिषद्को बैठकले यही जेठ १ गते दुवै आयोगका लागि अध्यक्ष तथा सदस्यहरू नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *