राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अवरोधका कारण आधा घण्टालाई स्थगित गरिएको प्रतिनिधिसभा बैठक अब पर्सि बिहीबार मात्रै बस्ने भएको छ।
सभामुख देवराज घिमिरेले सूचना टाँसेर बैठक स्थगित गरेका हुन्। आधा घण्टालाई बैठक स्थगित गरेर सभामुख प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफलमा जुटेका थिए। सहमति नभएपछि अपरान्ह साढे ४ बजेलाई बैठक सारिए पनि बस्न नसक्ने भएपछि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ।
सभामुखले दलहरुलाई भोलि बुधबारसम्म सहमति जुटाउन आग्रह गरेका छन्। संसदको मंगलबार केहीबेर बसेको बैठकमा पनि रास्वपा सांसदहरूले वेल घेर्दे नाराबाजी गरेका थिए।
