ओली वंशको भेला सोमबार कोहलपुरमा हुँदै


नेपालगन्ज : ओली वंश समन्वय समाज नेपालको भेला सोमबार बाँकेको कोहलपुरमा हुने भएको छ ।

आउदो सोमबार बाँकेको कोहलपुरमा ओली वंश समन्वय समाज नेपालको भेला हुने समाजका केन्द्रीय अध्यक्ष हरि ओलीले बताएका हुन् ।

सोमबार कोहलपुरमा हुने भेलाले ओली वंशलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा छलफल र निश्कर्ष निकाल्ने छ भने ओली वंश समन्वय समाज नेपालको केन्द्रको आयोजनामा हुने भेला कहिले गर्ने छ भन्ने विषयमा समेत यसै भेलाले टुंगो लगाउने केन्द्रिय अध्यक्ष हरि ओलीले बताएका छन् ।

भेलामा समन्वय समाज नेपालका केन्द्रिय अध्यक्ष हरि ओलि लगायत लुम्बिनी प्रदेशको अध्यक्ष मिनराज ओलि, कर्णाली प्रदेशको अध्यक्ष गंगाराम ओलि , सुदुर पश्चिम प्रदेशको अध्यक्ष गणेश ओलि, केन्द्रिय सदस्य गोपाल ओलि समेतको उपस्तिथिती रहने बताइएको छ ।

त्यस्तै कोहलपुरमा हुने भेलामा समन्वय समाजको दाङको अध्यक्ष रेख बहादुर ओलि, जाजरकोटको अध्यक्ष जय ओलि , कैलालीका अध्यक्ष नर बहादुर ओलि संगै केन्द्रिय सल्लाहकार कोमल ओलि, देवि ओलि र कमला ओलि सहभागी रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *