नेकपा माओवादीका सांसद रेशम जुग्जालीले रोष्ट्रमबाटै गण्डकीको बजेट किताब च्यातेका छन । गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका जुग्जालीले गण्डकीको वार्षिक विकास कार्यक्रमकाे किताब साेमबार रोष्ट्रममा च्यातेका हुन ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका लागि रोष्ट्रममा पुगेका जुग्जाली आफ्नो जिल्ला म्याग्दीलाइ बजेटले कुनै सम्बाेधन नगरेकाे आक्रोस व्यक्त गर्दै बजेट किताब च्यातिदिएका हुन ।
हिमाली जिल्लाका हिसाबले अतिरिक्त बजेट विनियोजन हुनुपर्नेमा सम्मानजनक बजेट समेत विनियोजन नभएको बताएका थिए । उनले म्याग्दीको भुगाेल बारे कुनै जानकारी नै नलिइ हचुवाकाे भरमा न्युन बजेट बिनियाेजन गरेकाे आरेाप लगाउदै प्रदेश सरकारका अर्थमन्त्री र भौतिक मन्त्रीलाई आफ्नै पैसामा म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउने चेतावनी समेत दिएका थिए ।
बजेटमा मन्त्तीहरुकाे एउटा वडाकाे बजेट जती पनी अन्य जिल्लाकाे बजेट नरहेकाे कारण बजेट किताव च्यात्नु परेको जुग्जालीकाे भनाइ छ । गण्डकी प्रदेशले ल्याएको बजेटमा सत्तापक्षकै सांसदहरू पनि रुष्ट भएको कारण सबैकाे प्रतिनिधित्व हुने गरि बजेट किताब राेष्ट्रममा च्यातेकाे जुग्जालीकाे दाबी छ ।
