नेपालगन्ज : बाँकेको कोहलपुरमा ओली वशं समन्वय समाज नेपालको भेला सम्पन्न भएको छ ।
ओली वशं समन्वय समाज नेपालका केन्द्रिय अध्यक्ष हरि ओलीको प्रमुख आथित्यमा सम्पन्न समाजको भेलाले यज्ञ बहादुर ओलीको संयोजकत्वमा बाँकेमा जिल्ला समिती बिस्तार गरेको छ ।
जिल्लाको कमिटिमा सह-संयोजनमा नारायणी ओली, सचिवमा खोपिराम ओली, सहसचिवमा मित्रलाल ओली र कोषाध्यक्षमा गग बहादुर ओली चयन भएका छन् ।
त्यस्तै ओली वशं समन्वय समाज नेपाल बाँकेको सदस्यहरूमा भुपेन्द्र ओली, दिप बहादुर ओली, मोहन ओली, दिलिप ओली, रोशन ओली, जित बहादुर ओली, गंगा बहादुर ओली, त्रीपुरा ओली, बृष ओली, राम बहादुर ओली, हरि बहादुर ओली, राजेश ओली र बाशुदेव ओली चयन भएका छन् ।
त्यस्तै आजकै भेलाले ओली वशं समन्वय समाज नेपालको केन्द्रिय सदस्यमा बाँकेका समाजसेवी तथा ब्यवसायी नरेन्द्र ओलीलाई चयन गरेको छ भने केन्द्रिय सदस्य मान बाहदुर ओलिलाई लुम्बिनी प्रदेश सदस्यको समेत जिम्मा दिइएको छ ।
ओली वशंको उत्पत्ति, बिकास र अहिलेको अवस्थामा त्यो बारेको जानकारी सबैलाई हुन जरुरी रहेको र ओली बन्धुहरुको एकता हुन जरुरी भएकोले भेलाको आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी तथा ओली वशं समन्वय समाज नेपालका केन्द्रिय अध्यक्ष हरि ओलीले बताउनुभयो ।
कार्यक्रमको बिशिस्ट अतिथी समाजका संरक्षक अम्मर बहादुर ओलि, समाजका केन्द्रिय संयोजक कमर ओलि, जागेश्वर ओलि, प्रदेश संयोजक गंगा राम ओलि,समाजका केन्द्रिय महासचिव नेत्रलाल ओली, सुदुर पश्चिम प्रदेश संयोजक गणेश ओलि, समाजको लुम्बिनी प्रदेशका अध्यक्ष मिनराज ओलि, समाजका केन्द्रिय सदस्य गोपाल ओलि, केन्द्रिय सदस्य धन सिह ओलि र बाबाराम ओलिको उपस्थिति रहेको थियो ।
त्यस्तै भेलामा ओली वशं समन्वय समाज नेपाल दाङका अध्यक्ष रेक बहादुर ओलिको उपस्थिति रहेको थियो ।
