बाँकेमा बुधबार १२३ जनामा कोरोना संक्रमण पुष्टि


नेपालगन्ज : बाँकेमा कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । आज एकै दिन १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन् ।

बाँके जिल्लामा आज ६२ महिला र ६१ पुरुष गरि १२३ जनालाई कोरोना पुस्टी भएको छ भने ७ दिनमा मात्र ३६६ जना कोरोना संक्रमित थपिएका छन् ।

बाँकेमा कोरोना संक्रमण मात्रै होइन दैनिक जसो भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु समेत भैरहेको छ ।

यसरी दैनिक कोरोना संक्रमण बढिरहेको छ , दैनिक मृत्यु हुनेको सिलसिला समेत रोकिएको छैन । तर यस्तो विषम परिस्थितिमा बाँकेको प्रशासन भने निन्द्रामा रहेको छ ।

कोरोना विस्फोट भैरहदा समेत स्थानिय प्रशासनले कोरोना संक्रमणलाई नियन्त्रण गर्नलाई कुनै चासो देखाएको छ । प्रशासन मात्रै होईन , स्वास्थ्य कार्यालय बाँकेले समेत कोरोना नियन्त्रणमा कुनै चासो देखाएको छैन ।

कोरोना संक्रमण भारत विस्फोट पछि नेपालमा समेत विस्फोटको स्थिति सृजना भएको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकाले सिमानाकामा हेल्थ डेक्स स्थापना गर्ने बाहेक अन्य कुनै योजना र टाक्स देख्न सकिदैन ।

बाकेका स्थानिय तहले समेत कोरोना कहर संग लड्न कुनै योजना तयार गरेको छैन , आइसोलेसन तयारी अवस्थामा राख्नु पर्नेमा त्यो समेत हुन सकेको छैन । यता भेरिको आइसोलेसन भरिभराउ भैसकेको छ यस्तो अवस्थामा दैनिक संक्रमित कोरोनाका बिरामिहरुको उपचार कहाँ र कसरी गर्ने भन्ने कुरामा सबै अलमलको स्थिती रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *