माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारको निर्णय झिकाउने आदेश


विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउने आदेश गरेको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लिरत्न श्रेष्ठको इजलासले २०६९ मंसिर २५ गतेको निर्णय मगाउने आदेश गरेको हो।

पतञ्जलि जग्गा अनियमितता प्रकरणमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको थियो। अदालतले साक्षीहरूलाई भौतिक उपस्थिति वा श्रव्यदृश्यमार्फत उपस्थित गराई बकपत्र गराउन पनि आदेश गरेको छ। उक्त मुद्दामा नेपालसहित ९३ जनाविरुद्ध जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर भएको थियो।

हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी/सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोप मुद्दामा लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *