सुर्खेत । नेकपा एमालेका सचिव यामलाल कंडेलले कर्णालीमा यस पटकको निर्वाचनमा एमालेको उत्साजनक अवस्था रहेको बताएका छन् । मंगलबार वीरेन्द्रनगर निर्वाचन परिचालन समितिले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै २०७९ को निर्वाचन भन्दा यस पटक उत्साहजनक अवस्था भएको बताएका हुन् ।

चुनावी भेला र कार्यक्रमहरु हेर्दा उत्साहजनक रहेको बताउदै उनले भने, ‘यस पटक निर्वाचनमा हामीले ७९ को भन्दा उत्साह पाएका छौँ । धेरै ठाउँमा जित्छौँ । पार्टीका बैठक र भेला आर्कषण र उत्साहजनक छन् । निराशा हुनुपर्ने अवस्था छैन् ।’ उनले अहिले सबै दलहरु एक्लाएक्लै चुनाव लड्ने भएकाले एमालेलाई कर्णालीमा कुनै असर नभएको बताए । उनले एमाले अझ बलियो भएर चुनावी मैदानमा प्रस्तुत भएको बताए ।
उनले संविधान र लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने बताए । उनले सामाजिक सञ्जालले चिनेकोलाई प्रधानमन्त्री बनाउने की, जनताको सुखदुःख बुझेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने भनेर बहस चलाउन आवश्यक रहेको बताए । उनले भने, ‘व्यक्तिलाई प्रधानमन्त्री बनाउने भर भोट मागिएको छ । सामाजिक सञ्जालले चिनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने की जनताको सुखःदुःख बुझेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने भनेर अब बहस चलाउन आवश्यक छ।’ उनले यो चुनाव देश जोगाउने र देश बिर्गोनेबिचको प्रतिष्प्रधा भएकोले सबै नेता कार्यकर्ताले चूनौतीहरुलाई सामना गर्दै जित हासिल गर्नुपर्ने बताए।
