खजुरामा कालिज पालन, पश्चिम तराईको कालिज पालक पहिलो किसान दिपक


खजुरा गाउँपालिका वडा न. ४ का दिपक पौडेलको दैनिकी कालिज पालनमा बित्ने गरेको छ । उनी बिहानदेखि साँझसम्म आफ्नै बारीमा पालेको कालिजहरुसंग रमाउँछन् । गत चैत्र ५ गतेदेखि खजुरा कृषि फार्म दर्ता गरी उनी व्यवसायिक कालिज चरा पालनमा लागेका हुन । हाल उनीसंग १ हजार कालिज छन् । भन्छन्, दशैं पहिले नै कालिज बिक्रीका लागि तयार भइसक्छ । उनले अष्ट्रेलियाबाट कालिजको अन्डा मगाएर आफैले ह्याचरीड गरी चल्ला निकालेका हुन । एउटा चल्ला एक दिनको १४ सय रुपैंया पर्छ । खान लायक भइसकेको कालिजको एउटाको ३५ सय रुपैयाँमा बिक्री हुन्छ । तौल गर्नुपर्दैन । जति ठूलो होस ३५ सयमा बिक्री गर्ने योजना छ, उनले भने । उनले केही भाले र पोथी कालिज चल्ला बनाउँनका लागि राख्ने र अरु बिक्री गर्ने योजना सुनाए । उनी विहान कालिजहरुलाई दाना हालेर आफ्नो आफिस जान्छन र दिनभरी कालिजहरुलाई उनको श्रीमतीले रेखदेख गरि रहेको बताए । उनी साँझा आफिसबाट आएपछि पुन कालिजको खाना हाल्ने तिर लाग्ने गरेको बताए ।

कालिजलाई राख्नका लागि पौडेलले जाली लगाएका छन् । करिव ५० लाख लागतमा कालिज पालनमा लागेका उनले राम्रै आम्दानी गर्ने सोंचमा छन् । कालिजले घाँस, दाना, मकै, गहुँ खान्छ । कालिज पालनका लागि सबैभन्दा ठूलो चुनौती भनेको तापक्रम हो । २५ डिग्री सेल्सीयसमा कालिज सहजै बाँच्छ । तर बाँकेमा भने गर्मीमा ४२ डिग्री सेल्सीयस तापक्रम पुग्छ । त्यसका लागि पौडेलले नयाँ जुक्ति निकाले । उनले कालिजको अण्डा घरमै मगाएर ह्याचरी गराए । जसका कारण कालिजको चल्ला बाँकेको तापक्रमसंग जुध्न सकोस । खजुरा गाउँपालिका ४ का वडाध्यक्ष तिलकबीर सुनारले मिहनेति कृषक दिपकले सम्भव हुदो रैछ भन्ने कुराको उदाहरण देखाइ दिएको बताए । युवाहरुले यो देशमा यो घर्तीमा सुन फलाउन सक्छन्, उनले भने, वडा र गाउँपालिकाबाट सहयोग गर्ने प्रयास गर्छौ ।

मिहनेटले गर्दा हुने रैछ भन्ने उदहारण कृषक दिपकले सम्भव देखाइ दिएको छन् । युवाहरुले यो देशमा को धर्तीमा सुन फलाउन सक्छन भन्ने पुष्टि गरेका छन् । उनको कालिज पालनको कुरा सुनेर विभिन्न ठाँउहरुबाट चल्लाको लागि माग भइसकेको छ । यो विषयमा स्थानिय सरकार र खजुरा खुकुरा विकास फर्मले चासो देखाए युवा पुस्ताहरुको रोजाईमा पर्ने सम्भवना रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *