चेल्सीले भिल्लारियलाई हराउँदै युइएफए सुपर कपको उपाधी हात पारेको छ।

उत्तरी आयरल्यान्डको बेलफेस्टस्थित विन्डसर पार्कमा गय राती सम्पन्न सुपर कप भिडन्तमा चेल्सीले भिल्लारियललाई टाइब्रेकरमा हराएको हो।
टाइब्रेकरमा भिल्लारियलका गोलरक्षक सर्जियो एसेन्जोले चेल्सीका काइ हाभर्ट्जको पेनाल्टी रोके। यता कप्तान आज्पिलाक्वेटा, मार्कस अलोन्सो, मेसन माउन्ट, जोर्जिन्हो, पुलिसिच र रुडिगर गरि ६ खेलाडीले भने पेनाल्टीलाई गोलमा परिणत गरे।
यता चेल्सीका गोलरक्षक केपाले भने जेराड मोरेनो, इस्टुपिनान, माइ गोमेज, राबा र जुआन फोयथको पेनाल्टीमा गोल बेहोरेपनि आइसा मेन्डी र राउल अल्बियोलको पेनाल्टी रोक्दा चेल्सीले ६-५ गोलले टाइब्रेकरमा जित हात पारेको हो।
टाइब्रेकरमा अघि निर्धारित ९० मिनेटको खेल सकिदा १-१ गोल हुदा खेल अतिरिक्त समयमा गएको थियो र त्यसपछि थप गरिएको अतिरिक्त ३० मिनेटमा पनि १-१ गोलको बराबरीमा टुंगिएको थियो । खेलको २७अौं मिनेटमा हाभर्ट्जको क्रसलाई दिशा दिँदै हाकिम जियखले चेल्सीलाई अग्रता दिलाएका थिए।
तर दोस्रो हाफमा सानदार प्रदर्शन गरेको भिल्लारियलले ७५अौं मिनेटमा बराबरी गोल गर्यो। बुलाय डियाको उत्कृष्ट फ्लिक पासमा जेराड मोरेनोले बिना कुनै गल्ती बराबरी गोल गरेका थिए।
अब चेल्सीले १४ अगस्टमा क्रिस्टल प्यालेसको सामना गर्दै २०२१/२२ सिजनको प्रिमियर लिगको यात्राको आरम्भ गर्नेछ।
यता भिल्लारियलले पनि लालिगाको पहिलो खेल १४ अगस्टमा गेटाफे विरुद्ध खेल्ने तालिका रहेको छ।

