सिक्टा गाई कण्डमा ५० हजारकाे मिलेमतो


गत शुक्रबार राप्ती साेनारी १ सिक्टाको पुलमा ट्रक चालकले ५ वटा गाई किचेर मारेपछी केहिबेर स्थिति आक्रोशित बनेको थियो । पुर्व बाट पश्चिम आइरहेको लु २ ख ३५५ नम्बरको ट्रकले किचेर छाडा गाई मार्दा केहिबेर राजमार्ग अबरुद्द बनेको थियो । उक्त घटनालाई लिएर आक्रोशित बनेका स्थानीयले छाडागाईलाई आफ्नो पालेको गाई भन्दै ५० हजार रकम लिएर मिलाएका छन । ट्रक समिती संग प्रहरी चौकी अगैयामा स्थानीय धर्मराज खड्का, हात्तीराम डाँगी , सन्तोष पुन र सन्तोष सुनारले मेरो गाई भन्दै प्रहरी चौकी अगैयामा प्रती गाई १० हजारका दरले ५० हजर रकम लिएका हुन । ट्रक समितिका गोविन्द अधिकारीले ५० हजार रकम गाउँलेलाई दिएको बताए । ती ४ जना व्यक्तिले छाडा गाईलाई आफ्नो गाई बताउदै पैसा खाएर गलत गरेको स्थानीयको दावी छ । गाउँलेले मर्ने उनिहरुको गाई नभैकन छाडा गाई भएको दावी गरेका छन । घटनाको बिषयमा पैसा लिने धर्मराज खड्का र डाँगीले आफ्नो गाई भएको जिकिर गरेका छन। अगैया चौकिका प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले उजुरीको आधारमा घटनाको मिलापत्र गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *