काठमाडौँ, भदौ १५ गते । विराटनगर वारियर्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि पहिलो विदेशी खेलाडीको रूपमा जिम्बावेका सिकन्दर राजालाई लिएको छ । पछिल्लो ८ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका राजा जिम्बावे क्रिकेटका लोकप्रिय खेलाडी हुन् ।
उनले जिम्बावेबाट १७ टेस्ट, १ सय ५ एकदिवसीय अन्तर्राष्ट्रिय र ४२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ब्याटिङ अलराउन्डर उनले एकदिवसीयमा तीन र टेस्टमा एक शतक बनाएका छन् । राजाले टेस्टमा १ हजार १ सय ८७ र एकदिवसीय अन्तर्राष्ट्रियमा झन्डै ३ हजार रन बनाएका छन् ।

