मोटरसाइकल दुर्घटना गाई मर्यो चालक गम्भीर घाइते


नेपालगञ्जको आँखा अस्पताल रोडमा मोटरसाइकले गाईलाई ठक्कर दिँदा एउटा गाईले घटनास्थलमै प्राण त्यागेको छ, भने चालक गम्भीर घाइते भएका छन ।

फुल्टेक्राबाट वडा प्रहरी कार्यालय तर्फ आउँदै गरेको रा १ प ४४२७ नम्बर प्लेटको अल्बा मोटरसाइकलले वडा नम्बर ५ कार्यालय अगाडि सडकमा बसेको गाईलाई ठक्कर दिँदा गाईले घटनास्थलमै प्राण त्याग गरेको हो ।

वडा नम्बर ४ बस्ने २६ वर्षीय राम कश्यप गाइमा ठोकिएर गम्भीर घाइते भएपछि प्रहरीले उनलाइ उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा लगिएको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक माधब रिजालले जानकारी दिनुभयो ।

नेपालगञ्जमा छाडा पशुचौपायहरुले गर्दा दुर्घटना बढ्दै गइरहेको स्थानीयहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *