अनेरास्ववियु बाँके द्वारा भारतीय हस्तक्षेप बिरुद्ध बिरोध प्रदर्शन


नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियु बाँकेद्वारा भारतीय हस्तक्षेप बिरुद्ध नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ ।

शुक्रवार साझँ नेपालगन्जको बिपि चोकमा युवा संघ नेपाल र अनेरास्ववियु बाँकेका नेता तथा कार्यकर्ताले भारतीय हस्तक्षेप बिरुद्ध प्रदर्शन गरेका हुन् ।

भारतले नेपालमाथी विभिन्न समयमा गर्दै आएको हस्तक्षेप संगै दार्चुलाको जय सिंह धामिको बिषयमा समेत भारतले आफ्नो हेपाह प्रवृत्तिको पुनः देखाएको भन्दै बिरोध प्रदर्शन गर्न बाध्य भएको युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले पत्रकार संग कुरा गर्दै बताएका छन् ।

अध्यक्ष थापाले भारतले देखाउदै आएको दोहोरो चरित्रको ब्याख्या गर्दै रोटिबेटीको सम्बन्धको कुरा गर्दै नेपाललाई हेपाहा प्रवृत्ति दोहोर्‍याउदै आएको बताए, जसका लागि युवा संघ नेपालले डटेर बिरोध गर्ने र भारतले आफ्नो प्रवृत्ति नसच्याए युवा संघले आन्दोलनलाई चर्काउदै लैजाने बताएका छन् ।

उता कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु बाँकेका अध्यक्ष तथा अखिल फोर्स लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र मल्लले भारतीय हस्तक्षेप नेपाली जनतालाई सह्य नहुने बताएका छन् ।
नेपालको सिमानका रक्षाका लागि युवा संघ र अनेरास्ववियु सेनाको रुपमा खडा हुने जिकिर गर्दै भारतीय हस्तक्षेप हाम्रो लाही सह्य नहुने बताएका थिए ।

कार्यक्रमको कोडसभालाई सम्बोधन गर्दै युवा संघ नेपाल बाकेका सचिव सुनिल रसाइलीले जय सिंह धामिलाई युवा संघ र बिद्यार्थीले न्याय दिलाउने जिकिर गरेका थिए ।

युवा संघ र अनेरास्ववियुले बाँकेको नेपालगन्जबाट साकेतिकनै भएपनि आन्दोलनको सुरुवात गरेको र अब यो आन्दोलन हरेक जिल्ला र टोल सम्म पुग्ने समेत जिकिर गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेका उपसचिव अब्दुल हुसेन खा, अनेरास्ववियु बाँकेका उपाध्यक्ष खगराज रोकाया, अनेरास्ववियु बाँकेका सचिव इन्द्र बस्नेत, युवा संघ नेपाल खजुराका अध्यक्ष बिकास काउचा मगर, युवा संघ बैजनाथ अध्यक्ष प्रेम बिष्ट,उपाध्यक्ष दिपक कार्की , युवा संघ नेपाल बाँकेका जिल्ला कमिटी सदस्य खगेन्द्र तिरुवा लगायत युवा तथा विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *