काठमाडौं, भाद्र १९ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने बताउनुभयो । नेकपा एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने दावी समेत गर्नु भयो ।
सत्तारुढ गठबन्धन मोर्चाबन्दी गरेर चुनाव आउने कुरा आफूले सुनेको उल्लेख गर्दै उहाँले जमानत जोगाउन पनि आफ्नो पार्टीसँग मिलेर चुनाव लड्न आउन सत्तारुढ गठबन्धन दललाई चुनौति दिनुभयो ।
उहाँले उच्च मनोबलका साथ एकतावद्ध भएर आगामी निर्वाचनमा विजयी हुने गरी निर्वाचनको तयारीमा जुटन पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नु भयो ।

