मुग्लिन–नौबिसे सडक पहिरोका कारण अवरुद्ध


पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ। पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा मंगलबार बिहान ६ बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए। पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *