इकवाल भैरहवा ग्लाडियटर्सबाट खेल्ने


बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिम इकवालले भैरहवा ग्लाडियटर्सबाट बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

पछिल्लो दुई सिजनको उपविजेता भैरहवाबाट श्रीलंकाका पूर्वकप्तान उपुल थारंगा र धम्मिका प्रसादले पनि खेल्नेछन् । ३२ वर्षे बायाँहाते ब्याट्सम्यान इकवालले ६४ टेस्ट र २ सय १९ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै बंगलादेशबाट सर्वाधिक रन बनाएका छन् ।

उनको नाममा टेस्टमा ४ हजार ७ सय ८८ र एकदिवसीय अन्तर्राष्ट्रियमा ७ हजार ६ सय ६६ रन छ । उनी ट्वान्टी–२० अन्तर्राष्ट्रियमा बंगलादेशका तेस्रो सर्वाधिक रनकर्ता हुन् ।

उनले ७८ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार ७ सय ५८ रन बनाएका छन् ।अर्को महिना यूएईमा हुने ट्वान्टी–२० विश्वकपबाट आफ्नो नाम फिर्ता लिएपछि उनी ईपीएलमा खेल्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *