नेपाल स्काउटको ‘सम्पदा साईकल यात्रा’


विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले शनिबार काठमाडौंमा ‘सम्पदा साईकल यात्रा’ निकालेको छ ।

अन्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर काठमाडौं उपत्यका भित्र रहेका सम्पदाहरु बुढानिलकण्ठ मन्दिर, बौद्ध स्तुपा, पशुपतिनाथ, स्वयम्भू, पाटन दरबार र भक्तपुर दरबार क्षेत्रबाट शनिबार बिहान एकैसाथ विश्व शान्तिको कामना गर्दै ‘सम्पदा साईकल यात्रा’ निकालिएको हो ।

युवाहरुसहितको सहभागितामा विश्वमा शान्तिको सन्देश दिने उद्देश्यले बुद्धको जन्मस्थल नेपालमा पनि सो साईकल यात्रा आयोजना गरिएको स्काउटका राष्ट्रिय अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिनु भयो ।

उहाँले आफूहरुले नेपाल स्काउटलाई स्थापित संस्थाको रुपमा विकास गर्न सफल भएको दावी समेत गर्नु भयो । काठमाडौंको बसन्तपुरमा एक कार्यक्रममा बीच सो साईकल यात्राको समापन गर्दै अध्यक्ष भण्डारीले हरेक नेपालीको घरघरमा पुगेर सेवा दिने गरी यसको संयन्त्रको निर्माण गरिएको पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *