संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा शनिबार विमान दुर्घटना हुँदा दुई पाइलटसहित चार जनाको मृत्यु भएको छ । अबुधाबी प्रहरीको एयर एम्बुलेन्स दुर्घटना हुँदा दुई पाइलटसहित एक चिकित्सक र एक नर्सको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अबुधाबी प्रहरीका अनुसार पाइलट खामिस सइद अल होली, नसेर मुहम्मद अल रशिदी, डा शहिद फारोक घोलम र नर्स जोल कि साकारा मिन्टोको मृत्यु भएको हो ।
दुर्घटनापछि अबुधाबी प्रहरीको मुख्यालयले स्वास्थ्य टोलीका सदस्यहरुको मृत्युप्रति दु:ख व्यक्त गरेको छ । अबुधाबी प्रहरीले ट्वीटरमार्फत पनि दुर्घटनाबारे जानकारी दिएको छ ।

