राजपुर गाउँपालिका वडा नं. ७ मा एमालेको भव्य पार्टी प्रवेश कार्यक्रम


नेकपा एमाले राजपुर गाउँसंगठन कमिटिले राजपुर गाउँपालिका वडा नं. ७ तालिमा शुक्रबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३६ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । माननीय सांसद रेवतीरमण शर्माको बिशेष उपस्थितीमा आयोजना गरिएको कार्यक्रममा १६ बर्षे युवक देखी ८० बर्षे वृद्ध सम्मले एमाले पार्टी राजेर पार्टी प्रवेश गर्नु भएको हो ।

राजपुर गाउँसंगठन कमिटिका अध्यक्ष हेमकुमार जिसीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य, प्रतिनिधि सभा सदस्य माननीय सांसद शान्ता चौधरीको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद सरस्वती गौतम, माननीय सांसद प्रतिनिधि सभा सदस्य गंगा थारु, नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटिका सदस्य ध्रुब आचार्य, नेकपा एमाले दाङ क्षेत्र नं. १ का ईञ्चार्ज नारायण डिसी छम्पाली, क्षेत्र नं. १ का संयोजक शिवराज गिरी, लमही नगर संगठन कमिटिका अध्यक्ष दण्डिराम चौधरी, जिल्ला सदस्य कुलराज गिरी, घनश्याम चौधरी, राजेन्द्र चौधरी, राजपुर गाउँपालिका वडा नं. ७ का वडा कमिटिका अध्यक्ष राजन ओली लगायत स्थानीय अगुवा कार्यकर्ताको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।साथै यस् अघि दाङको देउखुरी र भालुबाङमा भएको एमालेको पार्टी प्रवेश कार्यक्रममा उल्लेखनीय भुमिका निर्वाह गरिसकेका गोपाल ओलीको पनि आजको पार्टी प्रवेश कार्यक्रममा सहभागिता रहेकोे थियो।

नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटिका सदस्य नरेन्द्र ओलीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य नविन ओलीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *