ह्वात्तै बढ्यो सुनको मूल्य, कुनको कति पुग्यो ?


काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा २ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले बढेको हो ।  
 
मंगलबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 
यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेर प्रतितोला १२ सय रुपैयाँ कारोबार भइरहेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *