बलिउड अभिनेता बिक्की कौसल र अभिनेत्री कैट्रीना कैफ विरुद्ध मुद्दा दर्ता भएको छ l माधोपुरका एक वकिलले जिल्ला विधिक सेवा प्राधिकरण सवाइ माधोपुरमा कट्रिना कैफ, विक्की कौशल सहित होटेल प्रबन्धनविरुद्ध मुद्दा दर्ता गरिदिएका हुन् ।
सवाइ माधोपुरको सिक्स सेंसेस बरवाडा फोर्ट होटेलमा यी दुई को बिहेको तयारीले गर्दा अहिले त्यो ठाउँ कडा सुरक्षा सहित होटेलले बाटो बन्द गराएको छ l
चौथ माता मन्दिर एक ऐतिहासिक मन्दिर भएको र यहाँ दैनिक धेरै श्रद्धालुहरू दर्शन र आरती गर्न आउने बताउँदै चौथ माता मन्दिर जाने मुख्य बाटोलाई होटेल सिक्स सेंसेसले ६ डिसेम्बरदेखि १२ डिसेम्बरसम्मका लागि बन्द गराएको र यसबाट यहाँ आउने श्रद्धालुहरूलाई समस्या भएको भन्दै नेत्रविन्द सिंह जादौनले मुद्दा हालेको भारतीय संचारमा उल्लेख छ l
