गृह मन्त्रालयले दियो आइतबार सार्वजनिक बिदा


काठमाडौं, २ पुस । सरकारले पुस ४ गते आइतवारका दिन सार्वजनिक बिदा दिएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले पुस ४ गते उधौली पर्व, योमरी पुन्ही– न्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै देशभरका सम्बन्धित समुदायका लागि बिदा दिने निर्णय भएको हो ।

‘नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८र०९र०१ गते पौष ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने’ निर्णय भएको मन्त्रालयका उपसचिव वसन्त भट्टराईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *