लागुऔषधसहित दुई जना पक्राउ


कैलाली- कैलालीमा लागुऔषधसहित एक जना पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटी गएको प्रहरी टोलीले धनगढी उप–महानगरपालीका वडा नम्बर–२ मिलन चोकबाट दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालीका वडा नम्बर ८ बस्ने १८ वर्षीय शैलेस चौधरी र सोहि ठाउँ बस्ने २४ वर्षीय संदिप श्रीवास्तबलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुको साथबाट ४ ग्राम ५०० मिलीग्राम खैरो हिरोईन (ब्राउन सुगर) फेला परेको र उनीहरुलाई माथी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *