काठमाडाैँ । प्रधान मन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले भने अनुपस्थित छ ।
यसअघि सत्ता गठबन्धनका ५ दलको बैठक बसेको थियो ।
बैठकमा प्रधान मन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता नारायणकाजी श्रेष्ठ, मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल सहभागी छन् ।
