अनेमा संघ मधुवन नगर कमिटीको अधिवेशन सुरु भएको छ। पुर्व वाणिज्य तथा आपूर्ति मन्त्री बिमला बिकको विशेष आतिथ्यतामा मधुवन नगर कमिटीको प्रथम नगर अधिवेशन सुरु गरिएको हो।
अधिवेशन संगसंगै पार्टी प्रवेश कार्यक्रम पनि गरिएको थियो। त्यसै अनुरुप मधुवन नगरपालिका वडा नम्बर ६ कि ओमा घर्ती मगर एमालेमा प्रवेश गर्नुभएको छ।
उहाँ नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको हो।
