हिउँमा पुरिएर एक बेपत्ता, तीन अलपत्र, हेलिकोप्टर बोलाउन पहल


म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा हिउँमा पुरिएर बिहीबार एकजना बेपत्ता भएका छन् । गुर्जाको सुकेलट्टेमा हिउँपातका कारण गोठ भत्किँदा ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र हुनुभएको छ ।

बेपत्ताको खोजी र अलपत्रको उद्धारका लागि हेलिकोप्टर बोलाउन पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले सुनाउनुभयो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत र मोबाइल फोन सेवा पनि अवरुद्ध छ । छिमेकी वडा लुलाङबाट गुर्जा पुग्न एक दिन पुरै हिँड्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *