कलाकार जयनन्द लामाको शव केएमसीमा, पोष्टमार्टम हुँदै


काठमाडौँँ । बुधबार बिहान भक्तपुरस्थित आफ्नै निवास अघि कारमा मृत फेला परेका कलाकार जयनन्द लामाको पोष्टमार्टम हुँदैछ ।

पोष्टमार्टमा लागि कलाकार लामाको शव दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको भक्तपुरका प्रहरी प्रवक्ता डिएसपी राजु पाण्डेले मकालु खबरलाई जानकारी दिए ।

उनले भने, ‘उहाँ (जयनन्द लामा)को मृत्युबारे घटनास्थलबाट प्रारम्भिक अनुसन्धानका प्रक्रिया पूरा गरेको छौँ । घटनाको प्रकृति हेर्दा शंकास्पद अवस्था देखिँदैन। यद्यपि यसबारे हामीले थप सूक्ष्म अनुसन्धान गरिरहेका छौँ ।’

यस्तै उनले पोष्टमार्टम सकेपछि परिवारलाई शव हस्तान्तरण गरिने पनि जानकारी दिएका छन् । लामाकाे पोष्टमार्टमपछि मात्रै अन्तेष्टि कहिले र कहाँ गरिनेबारे  जानकारी दिइने परिवारिक स्राेतले जानकारी बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *