काठमाडौँ । एमसीसी सम्झौताको विरोध गर्न भेला भएका र प्रहरीबीच झडप भएको छ । झडपका कारण नयाँ बानेश्वर क्षेत्रमा तनाब बढेको छ ।
एमसीसीको विरोधमा प्रदर्शनकारीले नाराबाजी गर्दै प्रहरीको अवरोध तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।
प्रदर्शनकारीले प्रहरीलाई ढुंगा र इट्टा प्रहार गरेका छन् भने प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानिरहेको छ ।
