काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्धकाे रिट खारेज गरेकाे छ ।
बुधवार कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले अध्यादेशविरुद्धकाे रिट खारेज गरेकाे हाे ।
तत्कालीन ओली सरकारले जेठ ९ मा ल्याएकाे अध्यादेश सर्वोच्चले २७ जेठमा अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।
