काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको अत्तरखेल जोरपाटी क्षेत्रबाट एक बालिका बेपत्ता भएकी छन् ।
होली खेल्ने क्रममा १२ वर्षकी ल्ह्यान्जुम शेर्पा बिहीबार बेलुका ५ बजेतिरबाट सम्पर्कविहीन भएको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ ले जनाएको छ ।
उनलाई कसैले देखेमा ९८०१८१८४७४ मा सम्पर्क गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।
