आयोगले गठबन्धनको फाइदा मात्र हेरेर काम गर्दैछ : एमाले


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। सत्तारूढ गठबन्धनका दलको योजनामा निर्वाचनबाट आयोगबाट भक्तपुर ४ नगरपालिका र ६ वटा महानगरपालिकामा मतपत्रको अलग्गै डिजाइन गर्ने भनी सार्वजनिक निर्णयप्रति एमालेले ध्यानाकर्षण गराएको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले निर्वाचन आयोगलाई पत्र काटेर ध्यानाकर्षण जनाएका हुन्।

एमालेले आयोगलाई काटेको पत्रमा भनिएको छ, ‘केही अनलाइनहरूले आयोगको सूत्रका अनुसार भनी प्रकाशन गरेको यो समाचार यदि सही हो भने अन्य पालिकाहरुको भन्दा भिन्न प्रकृतिको, यस्तो मतपत्र सरासर गठबन्धनका दलहरूलाई मात्र फाइदा पुग्ने आशय प्रेरित छ।’

निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्न, मतपत्रको डिजाइन परिवर्तन गर्ने जस्ता कामहरु निर्वाचन आयोगबाट हुने छैन भन्ने एमालेको विश्वास छ।

स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको आयोगबाट कसैको दबाव प्रभावमा नपरी मतपत्र छपाइमा मुलुकभर जुन तरिका अपनाइएको छ त्यही तरिकाले मिलाउन आग्रह गरेको छ।

शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त दिने थपलियाले भक्तपुरका ४ नगरपालिका र ६ महानगरमा अन्तिम नामावली प्रकाशन भइसकेपछि मात्रै मतपत्र छाप्ने बताएका थिए।

‘७७ जिल्लामध्ये काठमाडौँ उपत्यकाको भक्तपुर जिल्लाका ४ नगरपालिका र ६ वटा महानगरको १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि पठाउने आयोगले तयारी गरेको छ’ आयुक्त थपलियाको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *