सल्यानको कुमाख गाउँपालिका ४ भण्डारखोलाको एक पसलमा आगलागी हुँदा ५ जना घाइते भएका छन्।
गएराति शंकर रानाको किराना पसलमा एक्कासी आगलागी हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। आागलागीमा परी पसल सञ्चालक कुमाख गाउँपालिका ४ भण्डारखोलाका २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय संजिव शाह र १८ वर्षीय क्षेत्रमणी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।
घाइतेहरुको मिसन अस्पताल रुकुम चौरजहारीमा उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँके रेफर गरिएको उनको भनाइ छ।
गम्भीर घाइते पसल सञ्चालक कुमाख गापा–४ भण्डारखोलाका २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना र २० वर्षीय सञ्जीव शाहलाई उपचारका लागि भारतको लखनउ पठाइएको जानकारी दिए।
सामान्य घाइते १८ वर्षीय क्षेत्रमणि राना भने डिस्चार्ज भएको उनले बताए। सोमबार राति शंकरको पसलमा एक्कासी आगलागी भएको थियो।
