सर्वोच्चले माग्यो रविमाथि मुद्दा नचलाउनुको कारण, अन्तरिम आदेश दिन अस्वीकार


सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयसँग राहदानी विवादमा रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गर्नुको कारण मागेको छ।

सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले मंगलबार महान्याधिवक्ताको कार्यालयसहित विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले गत चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेका थिए। पोखरेलको निर्णयबाट लामिछानेले क्लिन चिट पाएका थिए।

त्यसविरुद्ध सिन्धुलीका युवराज सफलले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। रिटमा राहदानी विवादमा लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश पनि माग गरिएको थियो तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो।

अब महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा लामिछानेलाई मुद्दा नचलाउने निर्णय गर्नुको कारण अदालतको पत्र प्राप्त भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित रुपमा पेश गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *