कर्णाली प्रदेशसभाको बैठक ७ वैशाखसम्म स्थगित


कर्णाली प्रदेशसभाको आज दिउँसो तीन बजे बस्ने भनिएको बैठक स्थगित भएको छ।

आज दिउँसो एक बजे प्रदेशसभामा बसेको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले सदन सार्ने प्रस्ताव पेश गरेका थिए।

हिजो नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सत्ता सहकार्यका बारेमा आधिकारिक निर्णय भएसँगै मन्त्री छान्ने तयारी गर्न कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मासँग सदन पर सार्नेबारे सहमति गरेका थिए।

सदन अब वैशाख सात गते दिउँसो तीन बजे बस्ने भएको छ। उक्त दिन मुख्यमन्त्री शर्माले सरकार विसर गरेर तेस्रोपटक विश्वासको मत लिने सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *