ष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरुको मनोनयन गरेको छ।
राष्ट्रियसभाको बुधवार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो। समितिमा राष्ट्रियसभा सदस्यहरु जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी मनोनयन भएका हुन्।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा यी तीन सदस्यहरुलाई मनोनयन गरेको जानकारी बैठकमा गराएका थिए भने बैठकले सर्वसम्मत रुपमा सहमति जनाएको थियो।
