पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता


पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्कनुभएको छ ।

चीनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एन्ड रोड फोरम (बीआरएफ) मा सहभागी भएर उहाँ आज साेमवार स्वदेश फर्कनुभएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानकारी दिनुभयो ।

गएकाे हप्ता चीन जानुभएका पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा तेस्रो ‘बीआरएफ’ फोरमलाई सम्बोधन गर्नुभएको थियो । चीनमा रहँदा उहाँले चीनमा आएका विभिन्न देशका तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *