कर्णालीमा राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राष्ट्रपतिको उम्मेदवारीले केन्द्रीय समिकरण फेरिएसँगै सरकारबाट बाहिरिएको राप्रपाले कर्णालीमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेको हो । बिहिबार प्रदेश प्रमुख तिरक परियार समक्ष राप्रपाकी प्रदेश सांसद सन्तोषी शाहीले समर्थन फिर्ताको पत्र बुझाएकी छन् । राजनीतिमा […]

Continue Reading

चीनसँगको लामाबगर नाका खोल्न राष्ट्रपति भण्डारीको माग

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनसँगको सीमा नाका लामाबगर खोल्नुपर्ने बताएकी छन्। दोलखा सदरमुकाम चरिकोट भ्रमणका क्रममा बिहीवार उनले उक्त नाका खोल्नुपर्ने बताएकी हुन्। उनले प्राचीन कालदेखि नै यो नाकामार्फत छिमेकी मुलुकसँग व्यापार सम्बन्ध रहेको चर्चा गर्दै उनले यो नाकाको महत्त्व स्पष्ट पारेकी हुन्। राष्ट्रपतिले चीनसँगको व्यापारिक सम्बन्धमा जोड दिँदै उत्तरदक्षिण जोड्ने लामाबगर नाका बन्द रहेकाले उक्त […]

Continue Reading

लिग–२ : यूएईसँग नेपालको हार

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल यूएईसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ३५ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३९ रन बनायो । नेपालका लागि कुशल मल्लले ६० रनको […]

Continue Reading

बालबालिकालाई खुवाउन राष्ट्रसंघले पठाएको ५४ हजार किलो चामल गुणस्तरहीन

बालबालिका दिवा खाजा कार्यक्रमका लागि संयुक्त राष्ट्रसंघ मातहतको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपाल ल्याएको चामल गुणस्तरहीन पुष्टि भएको छ । डब्लूएफपीले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ र कर्णालीको हुम्ला जिल्लामा १–५ कक्षाका बालबालिकाका लागि दिवा खाजा कार्यक्रम चलाएको छ । यसका लागि ५४ हजार किलो चामल आएको छ । यसअघि दातृ निकायका वस्तुहरुको अनलाइन भन्सार […]

Continue Reading

शेयर बजार आज पनि उच्च अङ्कले घट्यो

शेयर बजार आज बिहीवार पनि उच्च अङ्कले घटेको छ । हिजाे बुधवार २४ दशमलव ४४ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ४७ अङ्कले घटेर १ हजार ९ सय ६९ दशमलव ०२ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त, जलविद्युत् र व्यापार समूहको शेयर उच्च अङ्कले […]

Continue Reading

यूएईलाई हराउँदै नेपाल यू–१९ विश्व कपमा

आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टाेली यूएईलाई हराएकाे छ । नेपालले यूएईलाई ७ रनले हराएकाे हाे । याे जितसँगै नेपाल १९ वर्षमुनिकाे विश्व कपमा पुगेकाे छ । नेपाल ८ वर्षपछि विश्व कपमा पुगेकाे हाे । यसअघि सन् २०१६ मा नेपालले उमेर समूहकाे विश्व कप खेलेकाे थियाे । नेपालले दिएकाे १ सय […]

Continue Reading

रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले नेपाली कांग्रेसका उम्मेदवार पौडेलका पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए। बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपति निर्वाचनको सन्दर्भलाई लिएर मंगलबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार […]

Continue Reading

शेयर बजार उच्च अङ्कले घटेर २ हजार विन्दुभन्दा तल झर्‍याे

शेयर बजार उच्च अङ्कले घटेर २ हजार विन्दुभन्दा तल झरेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार २४ दशमलव ४४ अङ्कले घटेर १ हजार ९ सय ९५ दशलमव ४९ विन्दुमा झरेको हो । आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ । आज २ […]

Continue Reading

कर्णालीमा सहयात्री बदलिंदा मुख्यमन्त्रीसँग दुई तिहाइ

काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले छाडेर कांग्रेससँग सहकार्य गरेपछि त्यसको असर कर्णालीमा पनि पर्ने देखिएको छ । माओवादी केन्द्रका राजकुमार शर्मा नेतृत्वको प्रदेश सरकारमा अब एमालेको ठाउँ कांग्रेसले लिनेछ । यद्यपि संघीय सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिए पनि प्रदेशमा भने एमाले सरकारमै छ ।प्रदेश सरकारका अर्थमन्त्री समेत रहेको एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले […]

Continue Reading

लेटर ग्रेडिङ निर्देशिका लागू : १० कक्षामा पढ्न ९ मा ३५ प्रतिशत अंक ल्याउनैपर्ने

विद्यार्थीहरूले कक्षा १० मा अध्ययन गर्नका लागि कक्षा ९ को परीक्षामा सबै विषयमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा आइसकेकाले यो अनिवार्य व्यवस्था गरिएको जनाएको हो। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले यही शैक्षिक सत्रबाटै कक्षा ९ मा ३५ प्रतिशतभन्दा […]

Continue Reading