श्रीलंकामा प्रदर्शन थप चर्कियो : सेना र प्रहरीलाई आपतकालीन अधिकार प्रयोग गर्ने अनुमति

श्रीलंकामा प्रदर्शन थप चर्किएको छ । रक्षा मन्त्रालयले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने वा कसैलाई खतरामा पार्ने व्यक्तिलाई गोली हान्न सक्ने सम्मको आदेश दिएको छ । खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा केही दिनदेखि प्रदर्शन हिंसात्मक बन्दै गएको हो । पछिल्लो प्रदर्शनमा आठ जनाको ज्यान गएको छ । झण्डै दुई सय नागरिक घाइते भएका छन् । […]

Continue Reading

नेपाली र युगान्डाबीच महिला टी-२० शृंखला हुने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी-२० शृंखला खेल्ने भएको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने टी-२० शृंखलाको तालिकाका सार्वजनिक गरेको हो । नेपाल र युगान्डाबीचको शृंखलाको पहिलो खेल २ जेठमा हुनेछ । यस्तै, नेपालले ३ गते दोस्रो, ५ गते तेस्रो, ६ गते चौथो […]

Continue Reading

रुसी राष्ट्रपति पुटिन युक्रेनमा लामो युद्धको तयारीमा छन् : अमेरिकी गुप्तचर निकाय

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ । युक्रेनमा गएको फेब्रुअरी २४ देखि निरन्तर आक्रमण गरेको रुसले पूर्वमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने सम्भावना रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसले कब्जा गर्न खोजिरहेको पूर्वमा निरन्तर आक्रमण भैरहेका बेला यो चेतावनी […]

Continue Reading

एमाले र काँग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान, गाडीको सिसा फुट्यो

तनहुँको घिरिङ गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो । दुई समूहको ढुंगा हानाहानले केही बेर स्थिति तनावग्रस्त बन्न पुगेको थियो । काँग्रेस कार्यकर्ताले हानेको ढुंगा लागेर एमालेका कार्यकर्ताले चढ्दै आएको ग२च १८०५ नम्बरको कारमा क्षति पुगेको पोखरीछाप प्रहरी चौकीका प्रहरी निरीक्षक […]

Continue Reading

आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न १९ वटा उच्चस्तरीय टोली गठन

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको छ । आयोगले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिइ विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तुलनात्मक रूपमा संवेदनशील ठाउँहरूमा टोली परिचालन गरेको […]

Continue Reading

ओलीको बेइमानीको हिसाब ३० गते हुने : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको बेइमानीको हिसाबकिताब जनताले वैशाख ३० गते गर्ने बताएका छन्। स्थानीय निर्वाचनमा गठबन्धन र आफ्ना उम्मेदवारका लागि मत माग्न सर्लाहीको लालबन्दी आइपुगेका प्रचण्डले केपी ओलीको भ्रम र झूटको खेतीको एकएक हिसाब गर्न अब केही दिन मात्र बाँकी रहेको बताए। नेकपा माओवादी केन्द्र लालबन्दी नगर समितिले आयोजना गरेको चुनावी […]

Continue Reading

विकास गर्न एमाले अघि, अरू पछि : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैँ विकासको पक्षमा रहेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज मङ्गलवार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा देशको विकास नेकपा एमालेले मात्रै गरेको उहाँको दाबी थियो । अन्य दलहरू विकासमा पछि रहेको र आफनो पार्टीे विकासको पक्षमा लागेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, […]

Continue Reading

सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९८ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९८ हजारमा झरेको हो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Continue Reading

श्रीलङ्कामा प्रधानमन्त्रीले राजीनामा दिए पनि प्रदर्शन रोकिएन : भोलिसम्म कर्फ्यु लम्बियो

श्रीलङ्कामा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिए पनि प्रदर्शन रोकिएको छैन । हिजो प्रधानमन्त्री महिन्दाले दिएको राजीनामा गएराति राष्ट्रपति गोटाबाया राजापाक्षेले स्वीकृत गर्नुभएको छ । सरकार विरुद्धको आन्दोलन हिंसात्मक बन्दै गएपछि देशव्यापी कर्फ्युको घोषणा गरिएको छ । हिजो बिहान भएको हिंसात्मक प्रदर्शनमा एक सांसदसहित दुई जनाको ज्यान गएको थियो । प्रदर्शनकारीले महिन्दा राजापाक्षेको पुरानो घर जलाएका […]

Continue Reading

भरतपुरमा त्रिपक्षीय भिडन्तको अन्तिम कसरत

अबको ४ दिनमा स्थानीय तहको निर्वाचन छ। देशभरि एकैसाथ ७ सय ५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ तर यतिवेला एउटै स्थानीय तहले सिंगो देशको ध्यान तानेको छ। सत्ता, शक्ति, संघर्ष सबै आफूतिर तानेको चितवनको भरतपुर महानगरपालिका राजनीतिक दलका लागि मात्रै होइन आम मतदाताको पनि चासोमा छ। देशको संघीय राजधानी काठमाडौं महानगरपालिकामा भएपनि राजनीतिको केन्द्रीय थलो […]

Continue Reading