श्रीलङ्कामा प्रधानमन्त्रीले राजीनामा दिए पनि प्रदर्शन रोकिएन : भोलिसम्म कर्फ्यु लम्बियो


श्रीलङ्कामा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिए पनि प्रदर्शन रोकिएको छैन ।

हिजो प्रधानमन्त्री महिन्दाले दिएको राजीनामा गएराति राष्ट्रपति गोटाबाया राजापाक्षेले स्वीकृत गर्नुभएको छ ।

सरकार विरुद्धको आन्दोलन हिंसात्मक बन्दै गएपछि देशव्यापी कर्फ्युको घोषणा गरिएको छ ।

हिजो बिहान भएको हिंसात्मक प्रदर्शनमा एक सांसदसहित दुई जनाको ज्यान गएको थियो । प्रदर्शनकारीले महिन्दा राजापाक्षेको पुरानो घर जलाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सोमवार रातिदेखि मङ्गलवारसम्म लगाइएको कर्फ्यु आदेश भोलि बुधवारसम्मलाई थप गरिएको श्रीलङ्काकाे सरकारले जनाएको छ । श्रीलङ्कामा आर्थिक सङ्कट झनै गहिरिएको छ।

आर्थिक सङ्कट र त्यसपछि सुरु भएको प्रदर्शनका कारण मन्त्री तथा प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । अहिले राजधानी कोलम्बोसहितका सहरमा राष्ट्रपतिको राजीनामा माग गरी प्रदर्शन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *