बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु

बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका ५५ वर्षीय जगबहादुर किसानको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ । यही वैशाख २५ गते सम्पर्कविहीन भएका किसान खोजतलासको क्रममा सोमबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी […]

Continue Reading

रुसकाे सुरक्षाका लागि युक्रेनमा सैन्य कारबाही आवश्यक छ : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशकाे सुरक्षाका लागि युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक भएको बताउनुभएको छ । विजय दिवसको अवसरमा राजधानी मस्कोको रेड स्क्वायरमा भएको समारोहमा पुटिनले रुसले सहफ समयमा सहफ निर्णय गरेको दाबी गर्नुभएको बीबीसीले जनाएको छ । पुटिनले युक्रेनमाथि भइरहेको आक्रमणको निर्णय स्वतन्त्र, बलियो र सार्वभौम राष्ट्रका लागि सही निर्णय भएको जिकिर गर्नुभएको छ […]

Continue Reading

एमाले जिताएर के गर्ने? ओलीले स्थानीय सरकार पनि भंग गरिदिन्छन् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेलाई स्थानीय तह निर्वाचनमा जिताए फेरि स्थानीय सरकार पनि विघटन गर्ने बताएका छन्। सुदूरपश्चिमको अस्थायी राजधानीसमेत रहेको धनगढीमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधन गर्दै ओलीलाई जिताए स्थानीय सरकार र संसद सबैतिर हंगामा गर्ने भएकाले जिताउन नहुने बताएका हुन्। ‘ओलीजीको पार्टीलाई जिताउनु भनेको संसद भङ्ग गर्न दिनु हो। पहिले पनि […]

Continue Reading

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले आज साेमवार राजीनामा दिनुभएकाे छ । यो कदमले सङ्कटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्का लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ। राष्ट्रपति गोटबाया राजापाक्षेले गएकाे शुक्रवारकाे विशेष बैठकमा प्रधानमन्त्रीलाई देशमा जारी राजनीतिक सङ्कटको समाधानका लागि राजीनामा दिन आग्रह गरेको केही दिनपछि यस्तो निर्णय भएको हो । श्रीलङ्काको डेली […]

Continue Reading

जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज नेपाललाई

जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । सोमबार भएको सिरिजको अन्तिम खेलमा ६ विकेटको सहज जित निकाल्दै नेपालले सिरिज आफ्नो बनाएको हो । त्रिवि क्रिकेट मैदानमा जिम्बावे ‘ए’ले जितका लागि दिएको २१४ रनको लक्ष्य पछ्याएको नेपालले ३१ ओभर १ बलमा ४ विकेट गुमाउँदै २१४ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ […]

Continue Reading

एमाले र माओवादी कार्यकर्ताबाट राप्रपा उम्मेदवारमाथि हातपात, कारवाहीकाे माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी प्रचारमा रहेका आफ्ना उम्मेदवारमाथि भएका हमलाको निन्दा गरेको छ। प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ती जारी गरेर धनुषामा एमाले र रुकुम पश्चिममा माओवादी कार्यकर्ताबाट राप्रपाका उम्मेदवारमाथि भएको आक्रमणमा दोषीलाई कारवाहीको माग गरेका हुन्। धनुषाको सबेला नगरपालिका-४ का वडा सदस्यका उम्मेदवार समशुल राइन मियामाथि नेकपा एमालेले साङ्घातिक हमला गरेको राप्रपाको आरोप छ। यस्तै, […]

Continue Reading

सुनको भाउ आज एक सय रुपैयाँले बढ्यो

सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ । आज सुन तोलामा ९८ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

Continue Reading

प्रचण्डप्रति ओलीको टिप्पणी : धम्क्याउने बानी अझै गएको रहेनछ !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डमा धम्क्याएर खाने बानी अझै नगएको टिप्पणी गरेका छन् । चितवनमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केही दिन अघि अध्यक्ष प्रचण्डले चितवनमा आएर काँग्रेसका कार्यकर्ताले रेनुलाई भोट नदिए देश दुर्घटनामा पर्छ भनेर धम्क्याएको भन्दै त्यस्तो धम्कीबाट नडराउन आग्रह गरे । ‘अस्ति भर्खर मात्र यहाँ नेताहरु आएर […]

Continue Reading

जेठ ३ गते संसद् अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते स‌ंसद् अधिवेशन आह्वान गरेकी छन्। जेठ ३ गते दिउँसो ४ः०० बजे दुवै सदनको अधिवेशन बोलाइएको आइतबार साँझ विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले जानकारी दिएको हो। नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकारको मिति २०७९।१।२५ को सिफारिसअनुसार उक्त अधिवेशन बोलाइएको हो।

Continue Reading

वैशाख ३० गते उडान बन्द हुने

वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ । निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् । […]

Continue Reading