जेठ ३ गते संसद् अधिवेशन आह्वान


राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते स‌ंसद् अधिवेशन आह्वान गरेकी छन्। जेठ ३ गते दिउँसो ४ः०० बजे दुवै सदनको अधिवेशन बोलाइएको आइतबार साँझ विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले जानकारी दिएको हो।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकारको मिति २०७९।१।२५ को सिफारिसअनुसार उक्त अधिवेशन बोलाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *