श्रीलङ्कामा फेरि आपत्काल घोषणा

श्रीलङ्कामा फेरि आपत्काल घोषणा गरिएको छ । राष्ट्रपति गोटाबाय राजापाक्षेले आपत्काल घोषणा गर्नुभएको हो । श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन चर्किरहेको छ । सार्वजनिक व्यवस्था र शान्तिसुरक्षा सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको बीबीसीले जनाएको छ । श्रीलङ्कामा आर्थिक सङ्कटलाई लिएर राष्ट्रपतिको राजीनामा माग गरी देशव्यापी प्रदर्शन हुँदै आएको छ । त्यहाँ लोडसेडिङ, खाद्यान्न, इन्धन […]

Continue Reading

उम्मेदवारविरुद्ध परेको उजुरीमाथि आज र भोलि छानबिन

स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेको उजुरीमाथि बुधबार छानबिन हुँदैछ। आइतबार र सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका उजुरीमाथि निर्वाचन आयोगले छानबिन गर्न लागेको हो। बुधबार र बिहीबार छानबिन गर्ने आयोगको कार्यतालिका छ। छानबिन सकेपछि बिहीबार उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ। आयोगको पछिल्लो विवरण अनुसार स्थानीय तह निर्वाचनका लागि […]

Continue Reading

टिकट वितरणमा आर्थिक चलखेल भयो, कार्यकर्तामाथि न्याय भएन : शेखर कोइराला

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा भएको टिकट वितरणमा कार्यकर्ताहरूप्रति समानरुपले न्याय नभएको बताएका छन् । बुधबार विहान एक विज्ञप्ति जारी गर्दै उनले टिकट वितरणमा एउटा मापदण्ड बनाउँदा पार्टी कार्यकर्ताहरूमाथि अन्याय भएको बताए । टिकट वितरणलाई लिएर अहिले कार्यकर्ताको असन्तुष्टि देशभरबाट आइरहेको उनको भनाइ छ । ‘जीवनभर काँग्रेसको सिद्धान्त, मूल्य पद्धति र आदर्शप्रति […]

Continue Reading

सुनको भाउ नौ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ सय हजार तीन सय रुपैयाँ तोकिएको छ । यो भाउ हिजोको भन्दा नौ सय रुपैयाँले सस्तो हो। हिजो सुनको भाउ तोलामा एक लाख दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । […]

Continue Reading

कांग्रेसको घोषणापत्रबारे ओलीको टिप्पणी : पागलहरूको प्रलाप, एमालेको कपी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रलाई गाली गलौजको पुलिन्दा भएको बताएका छन्। मंगलबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा बोल्दै ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गाली गलौजको पुलिन्दामात्र भएको दाबी गरेका हुन्। कांग्रेसले चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्तावेज […]

Continue Reading

म्याग्दीमा भएन गठबन्धन, दलहरु एक्लै चुनावमाः कहाँ कस्को उम्मेदवारी?

म्याग्दीका ५ पालिकामा दलहरु एक्लाएक्लै चुनावमा होमिएका छन्। बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सत्तारुढ दलहरुबीच धवलागिरी गाउँपालिकामा भने चुनावी तालमेल भएको छ । अन्य पालिकामा भागवण्डामा सहमति नभएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका छन् । सोमबार सहमतिका लागि अन्तिम कसरत भएपनि सफल हुन सकेन। बेनी नगरपालिकाको मेयर […]

Continue Reading

म्याग्दीको सबै पालिकामा उम्मेदवारी दर्ता

म्याग्दी । आउँदो ३० गते हुन गइरहेको पालिका चुनावका लागि म्याग्दीको छ वटै पालिकामा उम्मेदवारी दर्ता भएको छ । जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल र स्वतन्त्रका उम्मेदवारहरुले हिजो सोमवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । एक मात्र नगरपालिका रहेको म्याग्दी जिल्लाको बेनी नगरपालिकाको प्रमुखमा विभिन्न दलहरु र स्वतन्त्र गरी ८ जना […]

Continue Reading

स्थानीय निर्वाचनमा १ लाख ३६ हजार २ सयभन्दा बढीको उम्मेदवारी

स्थानीय तह निर्वाचनका लागि १ लाख ३६ हजार २ सय ६९ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले आज विहान सार्वजनिक गरेको विवरण अनुसार १ लाख ३६ हजार बढीको आवेदन परेको हो। जसअनुसार महानगर पालिकाका प्रमुखमा ३ हजार २ सय ६१ जनाले आवेदन दिएका छन्। यस्तै ३ हजार २ सय ५४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका […]

Continue Reading

अवैध लागुऔषध सहित २ जना पक्राउ

स्याङ्जा, गल्याङ नगरपालिका १ राम्दीबाट नियन्त्रित लागुऔषध फेनारगन २२ एम्पुल, नुर्फिन २१ एम्पुल डाईजेपाम २१ एम्पुल र २ थान सिरिञ्ज सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका १२ बस्ने २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका १३ बस्ने १९ वर्षीय बिमल थापा रहेका छन्। बुटवलबाट पोखरातर्फ आउँदै गरेको […]

Continue Reading

भोलिदेखि मतपत्र ढुवानीको काम सुरु हुने, निर्वाचन सामग्री सबै जिल्लामा पुगे

यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले भोलि मङ्गलवारदेखि मतपत्र ढुवानीको काम थाल्ने भएको छ । आयोगमा आज साेमवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले दुर्गम जिल्लाका लागि भोलिदेखि नै मतपत्र ढुवानीको काम सुरु हुने जानकारी दिनुभयो । अहिलेसम्म ८० प्रतिशत अर्थात् ६८ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मत […]

Continue Reading