सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । आज तोलामा सुन एक लाख २ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Continue Reading

आईपीएल : चेन्नई र पन्जाब भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज (सोमबार) पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै चेन्नई प्लेअफमा आफ्नो सम्भावना कायम राख्ने योजनामा हुनेछ । लिगमा ७ खेल खेलेको चेन्नई ४ अंकका साथ तालिकाको नवौँ […]

Continue Reading

फ्रान्सको राष्ट्रपतिमा फेरि इम्यानुयल म्याक्रो विजयी

फ्रान्सको राष्ट्रपतिमा फेरि इम्यानुयल म्याक्रो विजयी हुनु भएको छ । जितसँगै ४४ वर्षका उहाँ पछिल्लो २० वर्षमा दोस्रो कार्यकालका लागि चयन हुने पहिलो राष्ट्रपति समेत बन्नु भएको छ । राष्ट्रपतिकाे चुनावमा म्याक्रोले विपक्षी उम्मेदवार मरिन ली पेनलाई हराउनु भएको हो । उहाँले ५७ देखि ५८ प्रतिशत मत पाउनु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मत परिणामको […]

Continue Reading

बार्सिलोना घरेलु मैदानमा पराजित

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा रायो भायोकानोसँग १-० अन्तरले पराजित भएको छ । ​भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएकाे हाे । बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई फाइदा भएको छ । उसलाई […]

Continue Reading

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको २ महिना पूरा, हजारौँको ज्यान गयो, लाखौँ विस्थापित

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको दुई महिना पूरा भएको छ । गएकाे फेब्रुअरी २४ देखि सुरु भएको आक्रमण आज आइतवार (अप्रिल २४) देखि तेस्रो महिनामा प्रवेश गरे पनि तत्काल युद्ध रोकिने वातावरण देखिएको छैन ।  रुस र युक्रेनका अधिकारीबीच पटक–पटक वार्ता भए पनि सफलता प्राप्त भएको छैन । रुसको आक्रमणका कारण भएको क्षतिको यकिन विवरण […]

Continue Reading

बेनीको मेयरमा एमालेबाट सुरत केसी उम्मेदवार

बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट सुरत केसी उम्मेदवार चयन हुनुभएको छ । गण्डकी प्रदेश कमिटीको बैठकले केसीलाई बेनीको मेयरको उम्मेदवार चयन गरेको हो । केसी नेकपा एमाले म्याग्दीका सचिव हुनुहुन्छ । मेयरका लागि एमाले नगर कमिटीले ४ जनाको नाम जिल्ला कमिटीमा पठाएको थियो । जिल्ला कमिटीमा पनि टुङ्गो नलागेपछि केसी सहित प्रमोद श्रेष्ठ, सन्तोष रावल […]

Continue Reading

कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेको छ । बोर्डले आज सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा केही परिवर्तन गरेको जनाएको छ । सूचनामा कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने उल्लेख छ […]

Continue Reading

आयोगले गठबन्धनको फाइदा मात्र हेरेर काम गर्दैछ : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। सत्तारूढ गठबन्धनका दलको योजनामा निर्वाचनबाट आयोगबाट भक्तपुर ४ नगरपालिका र ६ वटा महानगरपालिकामा मतपत्रको अलग्गै डिजाइन गर्ने भनी सार्वजनिक निर्णयप्रति एमालेले ध्यानाकर्षण गराएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले निर्वाचन आयोगलाई पत्र काटेर ध्यानाकर्षण जनाएका हुन्। एमालेले आयोगलाई काटेको पत्रमा भनिएको छ, ‘केही अनलाइनहरूले […]

Continue Reading

फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा

विक्रम लामाको अध्यक्षतामा फुटबल खेलाडी संघको नयाँ कार्यसमिति चयन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने केन्द्रीय निर्वाचनका र प्रतिनिधि छनोट तथा नयाँ कार्यसमिति छनोटका लागि आइतबार भएको बैठकले राष्ट्रिय खेलाडी लामालाई चयन गरेको हो । एन्फाको चुनावमा फुटबल खेलाडी संघको एक जनाले मतदान अधिकार पाउने छ । आजको बैठकले […]

Continue Reading

समृद्धिका लागि एकता : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक भएको बताएका छन्। लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना दिँदै उनले, “हाम्रो अबको साझा लक्ष्य आर्थिक समृद्धि हो । नागरिक सन्तुष्टि नै कुनै पनि व्यवस्था सफलताको कडी हो । यसका लागि सबै राजनीति दल, नागरिक […]

Continue Reading