बलात्कार घटनाबारे संसद्‌मा आवाज उठेपछि छानविन गर्न सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौन हिंसाको घटनाको सम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन्। शुक्रवारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफुलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए। सांसद थापाको माग लगत्तै सभामुख सापकोटाले घटनाबारे […]

Continue Reading

गण्डकी प्रदेशको बजेट अधिवेशन जेठ ११ देखि

गण्डकी प्रदेशसभाको बैठक जेठ ११ गतेदेखि बस्ने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ११ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । विहिबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले संसद बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेको छ । बजेटका सिद्धान्त तथा […]

Continue Reading

सुनको भाउ फेरि १ हजार रुपैयाँले बढ्यो

सुनको भाउ फेरि बढ्न थालेको छ । आज १ हजार रुपैयाँले बढेर सुन तोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।

Continue Reading

युगान्डामाथि नेपालको पहिलो जित

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सुरिजमा पाहुना टोली युगान्डामाथि पहिलो जित निकालेको हो । पाँच खेलको टी–ट्वान्टी सिरिजको चौथो खेलमा नेपालले युगान्डामाथि १५ रनको जित निकालेको हो । भिजेको मैदानका कारण ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले १८ ओभरमा ८ विकेट गुमाएर […]

Continue Reading

श्रीलङ्कामा मन्त्रिमण्डल विस्तार, अर्थमन्त्रीको अझै टुङ्गो लागेन

आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा सङ्कटबाट मुक्त गराउने जिम्मेवारी पाएको ‘सर्वदलीय सरकार’ ले आज शुक्रवार मन्त्रिमण्डल विस्तार गरेको छ । पछिल्लो मन्त्रिमण्डलमा अर्थमन्त्रीबाहेक नौ मन्त्रीलाई नियुक्त गरिएको छ । राष्ट्रपति गोटबाया राजपाक्षेका जेठा दाइ महिन्दा राजपाक्षले श्रीलङ्काको अर्थतन्त्रलाई सङ्कटको सङ्घारसम्म पुर्‍याएकाे आरोप लागेको छ । उहाँको प्रशासनलाई दोषी ठहर्‍याएपछि प्रधानमन्त्री रनिल विक्रेमासिङ्घेले यस महिनाको सुरुमा […]

Continue Reading

सुर्खेतकाे वीरेन्द्रनगरमा एमाले विजयी

सुर्खेत । वीरेन्द्रनगरको मेयरमा एमालेकी उम्मेद्वार मोहनमाया ढकालले बाजी मारेकी छन् । उनले १५ हजार ८५९ मल ल्याउँदै कांग्रेसका उम्मेद्वारलाई पराजित गरेर मेयर पदको बाजी मारेकी हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रबहादुर खड्काले १५ हजार ३११ मत प्राप्त गरेका छन् । मेयर पदमा तेस्रो स्थानको मत राप्रपाका मुकुन्दश्याम गिरीले ल्याएका छन् । उनले […]

Continue Reading

अर्थमन्त्री नै संसद्‌‌मा नआएपछि एमाले र सत्ता पक्षकै सांसदबाट आलोचना

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएपछि प्रश्न उठाएको छ। अर्थमन्त्री शर्माले प्रस्तुत गरेको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल गर्न बसेको प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएपछि एमालेले प्रश्न उठाएको हो। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘अर्थमन्त्रीज्यू उपस्थित हुनुहुन्न। कुनै मन्त्रीज्यूहरूले टिपोट गर्नुभएको छैन। अर्थमन्त्रीज्यूले न बाहिर कतै बसेर टिपोट गर्नुभएको […]

Continue Reading

सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने

सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म कार्यक्रम गरी भव्यरूपमा मनाउने निर्णय गरेको हो। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय […]

Continue Reading

गठबन्धन सरकार वास्तविक समस्याबाट भाग्‍न खोज्यो : भीम रावल

नेकपा एमालेका सांसद भीम रावलले पाँच दलीय गठबन्धनको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार सीमा समस्याबाट भाग्न खोजेको आरोप लगाएका छन्। बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमा समस्याबारे ठोस रूपमा कुरा नराखेको प्रति असन्तुष्टि व्यक्त गरेका हुन्। सांसद रावलले भने, ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तालगायत नेपाली भूमि भारतीय अतिक्रणमा छ। […]

Continue Reading

युक्रेनमा युद्धका कारण संसारभरी खाद्य संकट आउन सक्ने संयुक्त राष्ट्रको जिकिर

संयुक्त राष्ट्रले अबका केही महिनामा विश्वले खाद्य संकटको सामना गर्नुपर्ने जिकिर गरेको छ । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले युद्धले खाद्य संकटलाई थप बढाइदिएको छ । मूल्यवृद्धि अत्यधिक छ र यसले सबैभन्दा धेरै गरिब देशलाई प्रभावित पारिरहेको छ । उनले आफ्नो सम्बोधनमा युक्रेनको खाद्य निर्यातलाई हमला अघिको स्थितिमा पुर्याउन नसके विश्वले धेरै वर्षसम्म भोकमरीको सामना […]

Continue Reading