गठबन्धन सरकार वास्तविक समस्याबाट भाग्‍न खोज्यो : भीम रावल


नेकपा एमालेका सांसद भीम रावलले पाँच दलीय गठबन्धनको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार सीमा समस्याबाट भाग्न खोजेको आरोप लगाएका छन्।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमा समस्याबारे ठोस रूपमा कुरा नराखेको प्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

सांसद रावलले भने, ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तालगायत नेपाली भूमि भारतीय अतिक्रणमा छ। भारतीय प्रधानमन्त्रीसँग ठोस कुरा गर्नुको साटो प्रधानमन्त्रीज्यूले अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारीको विषयमा मात्रै छलफल गरेर वास्तविक समस्यामा भाग्न खोजेको देखिन्छ।’

नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डताको विषयमा सरकारले स्वतन्त्र परराष्ट्र नीतिलाई ओझेलमा पार्न खोजको आरोप लगाए। सरकारले अरुण चौथो को निर्माण गर्न भारत सरकारलाई सेयर बिक्री गर्ने निर्णय गरेकोप्रति समेत प्रश्न उठाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *