भारतको दिल्लीमा एक भवनमा आगलागी हुँदा २७ जनाको ज्यान गयो

भारतको दिल्लीको मुन्डकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ । हिजो बेलुका भएको आगलागीमा २७ जनाको शव भेटिएको र ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने दिल्लीका मुख्य अग्नि नियन्त्रक सुनील चौधरीले बताउनु भएको छ । आगलागीमा परि १२ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । घाइतेहरुको दिल्लीको सञ्जय गान्धी र […]

Continue Reading

सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप, एकजनाको मृत्यु

सोताङ गाउँपालिकामा मतदाता कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार साँझ दुई पक्षबीच विवाद बढेर झडप भएको थियो। यस क्रममा कांग्रेसका कार्यकर्ताको ढुंगा प्रकारबाट घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । […]

Continue Reading

बङ्गलादेशमा सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक

बङ्गलादेश सरकारले सबै सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ । बङ्गलादेश सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रम ल्याएको छ । त्यसमा कोभिडपछि देशको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै विकास बजेट या अन्य कुनै बजेटबाट सरकारी अधिकारीको विदेश भ्रमणमा रोक लगाइएको हो । सरकारको कार्यक्रमलाई सहयोग गर्न पनि त्यहाँको अर्थ मन्त्रालयले आग्रह गरेको […]

Continue Reading

गोरखाको पहेंलटार मतदान केन्द्रमा काँग्रेस र माओवादी केन्द्रबीच झडप

गोरखामा एक मतदान केन्द्रमा झडप भएको छ । गण्डकी गाउँपालिका ७ पहेलटारस्थित ज्ञानभूमि मावि मतदान केन्द्रमा झडप भएको हो । नेपाली काँग्रेसका कार्यकर्ताले मतदान परिचय पत्र कब्जामा लिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विरोध गरेका थिए । दुई पक्षबीच विवाद भएपछि झडप भएको हो । झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ । घ्याल्चोक […]

Continue Reading

६५ प्रतिशतभन्दा धेरै मत खसेकाे निर्वाचन आयाेगकाे अनुमान

निर्वाचन आयोगले पालिका चुनाव–२०७९ मा ६५ प्रतिशतभन्दा धेरै मत खसेको अनुमान गरेको छ । यसबारेमा आयोगले केहीबेरमा पत्रकार सम्मेलन गरी विस्तृत विवरण दिने तयारी गरेको छ । देशैभर खसेको मतको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेकाले त्योभन्दा बढी पनि हुन सक्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । यसअघि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभरका […]

Continue Reading

संखुवासभामा मतदान केन्द्र नजिकै बम विस्फोट

संखुवासभाको चैनपुरस्थित एउटा मतदान केन्द्र नजिकै विस्फोट भएको छ । चैनपुर नगरपालिका ४ को बालज्योति आधारभूत विद्यालयभन्दा २० मिटर टाढाको बाँस झ्यांगमा विस्फोट भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए । ‘सो विद्यालयमा मतदान केन्द्र थियो, मतदान कार्य सकिइसकेको बेलामा नजिकैको बाँसझ्यांगमा विष्फोटको आवाज आयो’, एसपी राईले भने ‘अहिले नेपाली सेनाको टोलीले […]

Continue Reading

यूएईका राष्ट्रपति शेख खलिफा बिन जायदको निधन, ४० दिनसम्म शाेक मनाइने

संयुक्त अरब ईमिरेट्स यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नयनको ७३ वर्षको उमेरमा आज निधन भएको छ । यूएईको एक प्रान्त आबुधाबीका शासक पनि रहनुभएका राष्ट्रपति खलिफाको निधनमा ४० दिनसम्म राष्ट्रिय झण्डालाई आधा झुकाएर शोक मनाउने घोषणा गरिएको छ । यस्तै तीन दिनसम्म मन्त्रालय, सरकारी तथा निजी सबै कार्यालयहरु बन्द गर्ने त्यहाँको राष्ट्रपतिको कार्यालयलाई […]

Continue Reading

वालिङ दुर्घटना अपडेट : मृतक १३ जनाको पहिचान खुल्यो

स्याङ्जाको वालिङ नगरपालिका-१४ पञ्चमुल अर्खलबासस्थित भित्रि सडकमा ग.२ च ३०२६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।​ सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो। घाइतेलाई उपचारको लागि जीएमसी पोखरा पठाएको छ। गम्भीर अवस्थामा […]

Continue Reading

मेस्सी बने वर्षकै सर्वाधिक कमाउने खेलाडी

अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी २०२२ को लागि सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् ।​ फोर्ब्स म्यागेजिनले निकालेको वर्षको सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा मेस्सी परेका हुन् । मेस्सी फोब्र्सको सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो पटक मेस्सी शीर्ष स्थानमा परेका हुन् । मेस्सीको वार्षिक आम्दानी १३० मिलिनय डलर रहेको छ । त्यस्तै सर्वाधिक कमाउने खेलाडीको […]

Continue Reading

जेठ २ गतेसम्म देशभरका अदालत बन्द रहने

पालिका तहको चुनाव र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आउँदाे जेठ २ गतेसम्म बन्द हुने भएको छ । यही वैशाख ३० गतेदेखि आउँदाे जेठ ४ गतेसम्म पालिका चुनाव एवम् सार्वजनिक बिदा परि लगातार चार दिन अदालत बन्द रहने सर्वोच्चका सह–प्रवक्ता देवेन्द्र ढकालले आज बिहीवार जारी गरेको सूचनामा उल्लेख छ । न्याय प्रशासन ऐन […]

Continue Reading